Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पछिल्लाे ६ महिनामा १६ सय ७३ महिला हिंसाका घटना

    पछिल्लाे ६ महिनामा १६ सय ७३ महिला हिंसाका घटना

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    काठमाडाैं । पछिल्लाे ६ महिनाको अवधिमा देशभर १ हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ ।

    महिला पुनःस्थापना केन्द्र (ओरेक)को अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।



    उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा (२२ प्रतिशत) बलात्कारको घटना छ ।



    यसैगरी ८२५ वटा (४९ प्रतिशत) घरेलु हिंसाको घटना भएको छ भने १६० वटा (१० प्रतिशत) सामाजिक हिंसाको घटना, ७१ वटा (४ प्रतिशत) हत्याको घटना, ५१ वटा (३ प्रतिशत) बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् ।

    साथै १८ वटा (१ प्रतिशत) मानव बेचविखन, ७६ वटा (५ प्रतिशत) यौन दुव्र्यवहार, ६१ वटा (४ प्रतिशत) आत्महत्याका घटना र ३१ वटा अन्य (२ प्रतिशत) घटना भएको ओरेकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार