Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भाेलिबाट पाँच दिन ‘काेभिड-१९ प्रेस ब्रिफिङ’ नहुने

    भाेलिबाट पाँच दिन ‘काेभिड-१९ प्रेस ब्रिफिङ’ नहुने

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेलिबाट पाँच दिन काेराेना अपडेट नगर्ने भएकाे छ ।

    बडादशैँका कारण कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए । उनले कोभिड-१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए ।



    मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड-१९ काबारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ ।

    अहिलेसम्म नेपालमा १ लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ ।

    यस्तै १ लाख २ हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार