Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बन्न परेकोमा पूर्वराजाको चिन्ता

    संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बन्न परेकोमा पूर्वराजाको चिन्ता

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्। ।

    बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी गर्दै पूर्व राजा शाहले जनतालाई बचाउन सके मात्र राज्य बच्ने र राज्य रहे मात्र राजनीति बाँच्ने आत्मबोध सबैमा हुनु पर्ने बताएका छन् ।



    संकटमो घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक विहीन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ ।’



    जिम्मेवार पक्ष (सरकार)बाट विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको पनि पूर्वराजा शाहले बताएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार