Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपतिद्वारा ३ देशका राजदूत नियुक्त

    राष्ट्रपतिद्वारा ३ देशका राजदूत नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनीका लागि रामकाजी खड्का, बेल्जियमका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारिलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।



    घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार