विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की नियुक्त::Best Online News Portal of Nepal

विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की नियुक्त

विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की नियुक्त

अनलाइन नेपाल
  • बिहिबार, कार्तिक ६ २०७७

  • 2.6K
    SHARES

  • विशेष अदालतको अध्यक्षमा न्यायाधीश प्रेमराज कार्की नियुक्त

    काठमाडौं । सरकारले उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्कीलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे छ ।

    मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले विशेष अदालतको अध्यक्षमा कार्कीलाई नियुक्त गरेको जानकारी दिए । यसैगरी सदस्यहरुमा अब्दुल अजिज मुलसमान र नित्यानन्द पाण्डेलाई नियुक्त गरेको पनि उनले जानकारी दिए।

    यसैगरी सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा २ सय मिलियन अमेरिकी डलर अर्थात झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ। विभिन्न विकास कार्यक्रममा खर्च गर्ने गरी अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकार गरिएको मन्त्री गुरुङले बताए।

    नेपालमा सञ्चालित उत्पादनमूलक उद्योगहरुमा नेपाली जनशक्ति र श्रमिकहरुबाट सम्भव नभएका काममा निश्चित मापदण्ड पूरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव समेत मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।

    यस्तै, कृषि मन्त्रालयको प्रस्तावमा न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने निर्देशिका २०७७ स्वीकृत गरिएको छ। मन्त्रिपरिषद् बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा सिन्धुलीका आशिष गजुरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार