Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • काठमाडाैंकाे दरबारमार्गबाट कस्तुरीकाे विनासहित २ जना पक्राउ

    काठमाडाैंकाे दरबारमार्गबाट कस्तुरीकाे विनासहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 5.4K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले कस्तुरीकाे विनासहित २ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा काभ्रेकाे पाँचखाल नगरपालिका-८ चिसापानीका ३९ वर्षीय पासाङ लामा र रामकुमार लामा रहेका छन् ।



    उनीहरूकाे साथबाट महाशाखाकाे टाेलीले २७ ग्राम ताैल भएकाे कस्तुरीकाे विना एक थान र बिभिन्न कम्पनीका ४ थान माेबाइलसमेत बरामद गरेकाे छ ।



    काठमाडाैंकाे दरबारमार्ग क्षेत्रमा कस्तुरीकाे विनाकाे अबैध काराेबार गर्न लागिएकाे बिषेश सूचनाकाे आधारमा उनीहरूलाई बिहीबार दिउँसाे महाशाखाकाे टाेलीले नियन्त्रणमा लिएकाे हाे । यसबारे थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार