Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • काठमाडौं उपत्यकामा थपिए १ हजार ५५२ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १ हजार ५५२ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडौं । काठमाडौंमा उपत्यकामा बिहीबार थप १ हजार ५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    पछिल्लाे २४ घण्टामा गरिएको परीक्षणमा काठमाडाैंमा १ हजार २ सय ८३ जना, ललितपुरमा १ सय ५७ जना र भक्तपुरमा १ सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।



    यस्तै नेपालमा आज थप ३ हजार ६३७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।



    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै बितेको २४ घण्टामा ३ हजार २१५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार