Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेता रावलले भने-प्रधानमन्त्री र 'रअ' प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत

काठमाडौँ । सत्तारूढ दल नेकपा नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओ‌ली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ताप्रति अापत्ति जनाएका छन्। उनले उक्त भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको समेत समाजिक संजालमार्फत टिप्पणी गरेका छन्।

बिहीबार नेता रावलले ट्‌विट गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसँगको भेट कूटनीतिक मर्यादाविपरीत रहेको बताउँदै आपत्ति जनाएका हुन् ।

पूर्वरक्षा तथा गृहमन्त्री समेत रहेका नेता रावलले प्रधानमन्त्रीको रअ प्रमुखसँग वार्ता र भ्रमण आपत्तिजनक रहेको समेत टिप्पणी गरेका छन् । रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077