Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलबीच २ घण्टा गोप्य वार्ता

    प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलबीच २ घण्टा गोप्य वार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 5.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखबीच गोप्य वार्ता भएकाे छ। स्राेतका अनुसार प्रधानमन्त्री ओलीले ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता गरेका हुन् ।

    भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् ।



    भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो । गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलइनको चार्टर विमानबाट फर्केका छन् ।



    नेपाल भारत सीमा विवादमा भारतले नपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका हुन् । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार