Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रचण्डद्वारा ‘रअ’ प्रमुखलाई भेटेको आरोप अस्वीकार

    प्रचण्डद्वारा ‘रअ’ प्रमुखलाई भेटेको आरोप अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको आरोप ठाडै अस्वीकार गरेका छन्।

    बिहीबार बिहान प्रचण्डको सचिवालयले विज्ञप्ति जारी गर्दै भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर समाचारलाई भ्रमको संज्ञा दिएको छ ।



    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारी गरेको विज्ञप्तीमा मिडियाले यस्तो संवेदनशील विषयमा गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराए छन्। उनले यस्ता भ्रम र कपोकल्पित समाचारका पछाडि नलाग्न सबैलाई आग्रहसमेत गरेका छन्।



    ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार