Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना नियन्त्रणका लागि युरोप र अमेरिकालाई एसियाको पाठ सिक्न डब्ल्यूएचओको सुझाव

    कोरोना नियन्त्रणका लागि युरोप र अमेरिकालाई एसियाको पाठ सिक्न डब्ल्यूएचओको सुझाव

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । युरोप र उत्तर अमेरिकाले कोभिड १९ नियन्त्रण गर्ने कला एशियाली देशहरूबाट सिक्नु पर्ने बताएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का स्वास्थ्य आपतकालिन कार्यक्रमको प्रमुख माइक रायनले मंगलबार एक विज्ञप्ति जारी गर्दै, “संक्रमित व्यक्तिलाई भाइरसको सम्पर्कमा परेकाले अलग्गै राख्न आवश्यक छ ।”

    डब्ल्यूएचओको रिपोर्टका अनुसार कोविड १९ बाट रसियालगायत युरोपका देशहरूमा पछिल्लो हप्तामात्रै ८५,०० जनाको मृत्यु भएको बताइएको छ । यहाँ आधा देशहरूले कोरोनामा ५० प्रतिशत वृद्धि दर्ता गरेका छन्। यसैबीच, विगतका केही महिनाहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया र भेतनामले संक्रमणको जोखिम कम गर्न परीक्षण, पृथक र क्वारिनटाइनमा राख्ने राम्रो काम गरेको छ।



    रायनले भने, “यी देशका नागरिकहरूले आफ्नो सरकारमा पूर्ण विश्वास देखाएका छन्। यी देशहरूले युरोपेली देशहरूभन्दा बढी दिन संक्रमण नियन्त्रण गर्ने योजना कार्यान्वयन गरेका थिए । यी देशहरूमा लकडाउनपछि पनि व्यक्तिहरूलाई सामाजिक दूरी, मास्क र सेनिटाइजरको बारेमा सचेत गराइदैछ ।



    एउटा उदाहरण दिँदै माइक रायनले भने, ’कोरोना भाइरसको विनाशपछि यी देशका मानिसहरू सुरक्षाको लागि दौडमा लागेका छन किनकि उनीहरूलाई यो थाहा छ कि यो दौड सकिएको छैन । कोरोनाको संक्रमणको नियन्त्रणपछि दैनिक गतिविधिमा कटौति गरेको छ ।
    उनका अनुसार एशिया, दक्षिण एशिया र पश्चिमी प्रशान्तका देशहरू ध्यान गएको छ । उनले वास्तवमै प्रमुख नियमहरूको पालना गरिरहेको छ । यसैबीच, डब्ल्यूएचओ प्रमुख टेड्रस अडानोमले अधिकारीहरूलाई कोरोना भाइरस विरुद्ध युद्ध जारी राख्न आग्रह गरे ।

    उनले भने, “सम्पूर्ण विश्वमा ४ करोड भन्दा बढी मानिसहरु यस भयानक महामारीको चपेटामा छन् र ११ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । तर हामीले आफ्नो सुरक्षा ढाललाई कमजोर पार्दा भाइरसको गति फेरि बढ्छ । स्वास्थ्य प्रणाली र अस्पतालहरूका लागि यो डरलाग्दो छ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार