Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतीय गुप्तचर प्रमुखको त्यो रुप ,भोटर आइडी कार्ड देखाएर नेपाल प्रवेश

    भारतीय गुप्तचर प्रमुखको त्यो रुप ,भोटर आइडी कार्ड देखाएर नेपाल प्रवेश

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.7K
    SHARES

    तस्बिर नयाँ पत्रीका

    काठमाडौं। बुधबार दिउसो चार्टर्ड विमानमार्फत काठमाडौं आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल राजनीतिक भेटघाटमा व्यस्त रहेका छन्।

    दिउँसो एक बजे आइएफसी ४६२० कलसाइनको जहाजमार्फत आएको नौ सदस्यीय गोयलको टोलीले प्रधानमन्त्री केपी ओली शर्मा लगायत उच्चपदस्थ ब्यक्तिहरुसँग भेट्ने तालिका रहेपनि उनको समुहले कुन -कुन नेताहरुसँग भेट गरे त्यो भने खुल्न सकेको छैन।



    गुप्तचर प्रमुख गोयलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा परिचयपत्रको रूपमा भोटर आइडी कार्ड देखाएका थिए । उनीसँगै आएका अरुण जैनले अर्डिनरी पासपोर्ट प्रस्तुत गरेका थिए । भारतीय एयरफोर्सको जहाजमा आएका गोयल काठमाडौंमा भेटघाटमा व्यस्त रहेका छन् । गोयल  बिहान साढे ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।



    भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे कात्तिकको तेस्रो साता तीन दिने नेपाल भ्रमणमा आउनु अघि ‘रअ’का प्रमुख सामन्तकुमार गोयल नेपाल आएका हुन  ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत सम्मिलित नक्सा जारी गरेपछि भारतसँग सम्बन्ध बिग्रिएको छ । भारतसँग नेपालको राजनीतिक सम्बन्ध सुधार्ने क्रममा गोयलको आकस्मिक भ्रमण भएको स्रोतको भनाइ छ ।गोयलको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बिरोध भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार