Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • किन आए रअ प्रमुख ? सानेपा र नक्सालमा गोप्य भेटघाट !

    किन आए रअ प्रमुख ? सानेपा र नक्सालमा गोप्य भेटघाट !

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडाैँ । भारतीय गुप्तचार संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्त गोयलसहित नौजनाको टोली काठमाडौँ आउनुमा सत्तारुढ नेकपाभित्रको विवादलाई गिजोल्नुबाहेक अन्य खास केही नभएको सुरक्षा अधिकारीहरुको छ । भारतसँग सीमा विवाद चुलिएका बेला सत्तारुढ दल नेकपामा किचलो देखिएकाले सुरक्षाअधिकारीहरु गोयलको भ्रमणलाई पनि त्यसैसँग जोडेर विश्लेषण गर्छन् ।

    रअ प्रमुखको नेपाल भ्रमणबारे कुनै औपचारिक जानकारी नभएपनि सीमा विवादबारे विभिन्न दलका नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको एक उच्च अधिकारीले जानकारी दिएका छन् । तर, कुन तहको राजनीतिक भेटघाट भन्ने बारे केही खुलेको छैन ।



    प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानसेनापति पूर्णचन्द्र थापा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा व्यस्त भएकाले बुधबार राति रअका अधिकारीहरुले सरकारी अंगका प्रमुखहरुलाई भेट गर्ने अवसर नपाएको स्रोतको दाबी छ ।



    तर उनीहरुले सत्तारुढ दलका केही नेता र प्रमुख प्रतिपक्षी दलका नेताहरुसँग भने छुट्टाछुट्टै भेटघाट गरेको स्रोतको दाबी छ । ‘नक्साल र सानेपास्थित होटलमा उनीहरुले बेग्लाबेग्लै भेटघाट गरेका छन्,’ राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘त्यसमा रअका प्रमुख आफै सहभागी भएका छने् ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार