Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • लकडाउनमा पनि रोकिएन सुन तस्करी

    लकडाउनमा पनि रोकिएन सुन तस्करी

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.1K
    SHARES

    फाइल फाेटाे

    काठमाडाैँ । सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

    लडकडाउनकै बीच चैतयता समेत विभिन्न स्थानबाट सुन बरामद भएको छ ।



    अहिले पनि नेपाल–भारत र चीन–नेपाल सीमा नाकाबाट सहजै आउजाउको स्थिति छैन तर तस्करहरु कसरी सुन बोकेर आउजाउ गर्छन् भन्ने प्रश्न उठेको छ । पक्राउ परेका भरियामाथि गहिराइमा पुगेर अनुसन्धान गर्न नसक्दा ओसापसार नियन्त्रणमा आउन सकेको छैन ।



    राजधानीकै थुप्रै नाम चलेका सुन व्यापारी तस्करको र्याकेट चलाउनेमा चिनिएका थिए । सहसचिव ईश्वरराज पौडेलको समितिले त केही उच्च घरानियाँ सुन व्यापारी र व्यवसायीमाथि छानबिन गर्न प्रस्ताव गरे पनि राजनीतिक दबाबले त्यो अघि बढ्न सकेन । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार