Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको मृत्यु

    कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.1K
    SHARES

    डोटी । नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाे छ।

    डाेटीकाे केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली लगिएकाे थियाे ।



    उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो ।



    अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना संक्रमित नेता पुनको उपचारकै क्रममा मृत्यु भएकाे हाे ।

    पुन नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत हुन् । उनका दुई छोरा र श्रीमती छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार