Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नगरप्रमुखसहित १८ कर्मचारीमा कोरोना संक्रमण

    नगरप्रमुखसहित १८ कर्मचारीमा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.5K
    SHARES

    कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

    नगर प्रमुखसहित नगरपालिकाका १८ कर्मचारीको गत शुक्रबार स्वाब संकल गरी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिए ।



    प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र छिटो निको भई जनताको सेवामा खटिने बताएका छन् ।



    उनीसँगै नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक र नगरपालिका-६ का सचिव लगायत संक्रमित भएका छन् । यस्तै नगरपालिका ९ स्थित निग्लिहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका बुधबार दिउँसोदेखि कात्तिक १५ गते सम्मका लागि बन्द गरिएको छ । त्यस्तै निग्लिहवा स्वास्थ्य चौकीसमेत बन्द गरिएका मेयर सिंहले बताए । बुधबार जिल्लामा ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार