Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २ केजी लागूऔषधसहित ४ जना पक्राउ

    २ केजी लागूऔषधसहित ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । शसस्त्र प्रहरी बल (एपीएफ)ले २ केजी लागूऔषधसहित चार जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धादिङका २७ वर्षीय मनिष कुँवर, मकवानपुरका २२ वर्षीय सबिन आलेमगर, तनहुँका २७ वर्षीय अजितकुमार श्रेष्ठ र काठमाडौंका ३६ वर्षीय राजकुमार रोक्का रहेका प्रहरीले जनाएकाे छ।



    एपीएफको इन्टलिजेन्स ब्युरोको टोलीले उनीहरूलाई ललितपुरको गोदावारीबाट प्रतिबन्धित लागू औषध पोलेन २ केजीसहित पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हाे ।



    उनिहरुको साथबाट नोफिन, डाइजेल्याबको १ सय ५० सेट पनि बरामद भएको प्रहरीले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार