Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • २५ सय ५० एम्फुल लागूऔषधसहित १ जना पक्राउ

    २५ सय ५० एम्फुल लागूऔषधसहित १ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 5K
    SHARES

    कलैया । जिल्ला प्रहरी कार्यालय बाराले अवैध लागू औषधसहित १ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रौतहटकाे गरुडा नगरपालिका-८ का २७ वर्षीय हरिराम महरा रहेका प्रहरीले जनाएकाे छ ।

    पक्राउ परेका महराकाे साथबाट प्रहरीले नाईट्राभेट पन्ध्र सय पिस ट्याबलेट, नुफिन लेखिएको आठ सय पचास पिस, फेनारगन लेखिएको आठ सय पचास पिस र डाईजेपाम लेखिएको आठ सय पचास पिस गरी जम्मा पच्चिस सय पचास एम्फुल लागूऔषध बरामद् गरिएकाे प्रहरीले जनाएकाे छ।



    वीरगंजबाट नारायणघाटका लागि छुटेकाे ना ६ ख ८९३८ नम्बरकाे बसमा सवार यात्रु तथा सामानहरु चेक गर्ने क्रममा बसको पछाडि सिटमा बसेका महारा पक्राउ परेका हुन् ।



    उनले आफ्नो साथमा बोकि ल्याएको झोला भित्र लिकाई छुपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार