Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अफगानिस्तानमा भागदाैड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

    अफगानिस्तानमा भागदाैड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.8K
    SHARES

    एजेन्सी । अफगानिस्तानमा भिसाको प्रतिक्षा गरिरहेका नागरिकहरुबीच एकाएक भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ ।

    अफगानिस्तानको पूर्वी नान्गरहार प्रान्तबाट पाकिस्तान जानका लागि भिसाको प्रतिक्षा गरिरहेका नागरिकहरुबीच एकाएक भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएकाे बताइएकाे छ ।



    बुधबार एक रंगशालामा हजारौं अफगानीहरु पाकिस्तान जाने भिसाको प्रतिक्षामा थिए । उनीहरुबीच एकाएक भागदौड मच्चिदा कम्तिमा ११ महिलासहित १५ मानिसको मृत्यु भएको हो ।



    नान्गरहारका गर्भनर अताउल्लाह खोग्यानीका अनुसार यस भागदौडमा परेर १३ जनाभन्दा धेरै घाइते भएका छन् । यसमा पनि अधिकांश संख्या महिलाकै छ । खोग्यानीका अनुसार मारिनेमा वृद्धवृद्धाको संख्या धेरै छ ।

    बुधबारै उत्तरी अफगानिस्तानमा तालिवानको हमलाबाट ३४ जना प्रहरीको मृत्यु भएको छ । ताखर प्रान्तस्थित एक स्थानीय अस्पतालका निर्देशक रहिम बाखिश दानिशले यसको जानकारी दिएका हुन् ।

    उनका अनुसार घटनामा आठभन्दा धेरै सुरक्षाकर्मी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार