Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • अग्रिम टिकट नखुले पनि समस्या भएन

    अग्रिम टिकट नखुले पनि समस्या भएन

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडाैँ । सरकारले विगतका वर्षमा जसरी दशैँ तिहार, छठलगायतका चाडपर्वमा घर जान चाहने नागरिकका लागि अग्रिम टिकट नखुलाए पनि यात्रु कम भएकाले सजिलै टिकट पाइरहेका छन् ।

    दशैँका समयमा विगतका वर्षभन्दा धेरै कम यात्रुले मात्रै काठमाडौँ उपत्यका छाडेर घर गएकाले समस्या नभएको यातायात व्यवस्था विभागलले जनाएको छ । बजारको मागकै आधारमा अग्रिम टिकट नखुलाइएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले बताए । बिगतका वर्षभन्दा झण्डै एक चौथाइले मात्रै उपत्यका छाडेको पाइएको यी यात्रुका लागि अहिले भइरहेकै सवारीसाधन पर्याप्त हुने उनले बताए ।



    उनका अनुसार आबश्यक पर्दा थप सवारीसाधन व्यवस्थापन गर्न सकिने यातायात व्यवसायीले बताएका छन् । उनले भने, “हामीले यातायात व्यवसायीसँग नियमित सम्पर्क गरिरहेका छौँ ।” विगत वर्षमा झण्डै २० लाखले दशैँमा घर जाने गरे पनि यो वर्ष झण्डै चार/पाँच लाख मात्रै जाने अनुमान गरिएको छ ।



    विगतका वर्षमा भीडभाड हुने गरेकामा अहिले लामो र मध्यम रुटका गाडी छुट्ने स्थानमा भीडभाड कम देखिएको छ। विभागले ट्राफिक प्रहरीसँगको समन्वयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भए नभएको अनुगमनसमेत गरिरहेको छ । केही दिन पहिले मात्रै सरकारले सार्वजनिक सवारीसाधनमा सिटअनुसार यात्रु राख्न पाउने र तोकिएभन्दा बढी भाडा लिन नपाउने व्यवस्था गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार