Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

    कोरोना संक्रमणबाट म्याग्दीमा थप एकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.1K
    SHARES

    काठमाडाैँ । म्याग्दीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालअन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्ष (आइसीयू) मा उपचाररत धवलागिरि गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको मङ्गलवार राति ८ः२५ बजे मृत्यु भएको हो ।



    गत असोज २९ गते कोरोना सङ्क्रमण भएपछि केन्द्रको आइसीयूमा भर्ना भएर उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा निमोनिया तथा मिर्गौलाको समस्यासमेत देखिएको अस्पतालले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार