Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रहरी हत्या प्रकरण : परिवारको खम्बा ढलेपछि…

    प्रहरी हत्या प्रकरण : परिवारको खम्बा ढलेपछि…

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 2.7K
    SHARES

    धनगढी । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति थिए।

    विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जितेका थिए, उनले । त्यही कारण परिवारले पनि गर्व नगर्ने त कुरै भएन तर परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । अहिले शोकमा परिणत भएको छ ।



    गस्तीमा गएका बेला बीभत्स हत्या भएको छ, विकको । उनीसँगै अर्का प्रहरी जवान रामबहादुर साउँदले पनि त्यही नियति भोग्नु प¥यो । कर्तव्य पालनाको सिलसिलामा दुवै जनाले वीरगति प्राप्त गरेका छन् । मोहना नदी दुवैको एकै चिहान बन्यो । आपराधिक व्यक्तिले नियमित गस्तीमा खटेका सिपाहीहरूको गत शनिबार राति बीभत्स हत्या गरेर नदीमा फालेका थिए ।



    कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित नेपाल–भारत सीमा क्षेत्रमा घटना भएको हो । दुवै जना जुगेडास्थित अस्थायी प्रहरी पोस्टमा कार्यरत हुनुहुन्थ्यो । सो क्षेत्रमा विगतदेखि नै भारतबाट मालसामान तस्करी हुँदै आएको छ । तस्करको निगरानी गर्ने उद्देश्यले गस्तीमा जाँदा दुवै प्रहरीको हत्या भएको हो । हत्या स्थानीय तस्कर समूहले गरेको पुष्टि भएको छ । गाेरखा पत्र दैनिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार