Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईपीएल : निकोलसको अर्धशतकले दिल्लीविरुद्ध पञ्जाब बिजयी

काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)मा आज भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा  टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए ।

पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए।  त्यस्तै जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले  १/१ विकेट लिए।

पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

पञ्जाबका  निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए।  ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।

दिल्लीका लागि कगिसो रबाडाले २ तथा अक्षर पटेल र रविचन्द्रन अश्विनले १र१ विकेट लिएका छन् ।

https://twitter.com/IPL/status/1318605653150031872?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1318605653150031872%7Ctwgr%5Eshare_3%2Ccontainerclick_1&ref_url=https%3A%2F%2Fwww.aajtak.in%2Fsports%2Fipl-2020%2Fstory%2Fkxip-vs-dc-live-score-ipl-2020-kings-xi-punjab-vs-delhi-capitals-match-38-tspo-1148697-2020-10-20

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077