Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईपीएल : निकोलसको अर्धशतकले दिल्लीविरुद्ध पञ्जाब बिजयी

    आईपीएल : निकोलसको अर्धशतकले दिल्लीविरुद्ध पञ्जाब बिजयी

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं। इण्डियन प्रिमियर लिग(आईपीएल)मा आज भएको खेलमा किंग्स ११ पञ्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएको छ ।

    दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा  टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।



    दिल्लीका लागि शिखर धवनले सर्वाधिक १०६ रन जोडे। कप्तान श्रेयस ऐय्यर र ऋषभ पन्तले समान १४ रन जोडेका थिए ।



    पञ्जाबका लागि मोहम्मद शमीले २ विकेट लिन सफल भए।  त्यस्तै जिम्मि निशम, मुरूगन अश्विन र ग्लेन म्याक्सवेलले  १/१ विकेट लिए।

    पञ्जाबले १ ओभर बाँकी छँदै ५ विकेट गुमाउँदै जित हासिल गर्‍यो ।

    पञ्जाबका  निकोलस पूरनले सर्वाधिक ५३ रन बनाए।  ग्लेन म्याक्सवेलले ३२ रन तथा क्रिस गेलले २९, कप्तान केएल राहुलले १५ रन जोडे।

    दिल्लीका लागि कगिसो रबाडाले २ तथा अक्षर पटेल र रविचन्द्रन अश्विनले १र१ विकेट लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार