Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापतिकाे निर्देशन

    जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापतिकाे निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 3.2K
    SHARES

    काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् ।

    सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक’ को समापन गर्दै उनले वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो याममा काेराेना महामारी बढ्न सक्ने देखिएकाले सबै पृतनालाई सरोकार निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्नसमेत निर्देशन दिए ।



    काेराेना भाइरसबाट ठण्डीयाममा आउन सक्ने जोखिमको पूर्वाअनुमानअनुसार परिपक्व योजना बनाएर समन्वयका साथ काम गर्न निर्देशन दिए ।



    महामारीबाट फौज र तिनका परिवारलाई सुरक्षित राख्नका लागि स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन सल्लाह दिँदै प्रधानसेनापति थापाले कोभिड– १९ को संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र हौसला कायम राख्न निर्देशन दिए ।

    उनले भने, सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालीमा आधारित तुल्याउन थप बल पुर्याएको छ ।

    बैठकमा जङ्गीअड्डाका मातहतका महानिर्देशनालय, निर्देशनालय, विभाग र पृतनाले आआफ्ना कार्यप्रगति, सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित सुरक्षा चुनौती एवं आगामी कार्यनीतिका सम्बन्धमा सुझावसहितको प्रस्तुतीकरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार