सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले बलात्कार आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शारदा नगरपालिका–१ का ३२ वर्षीय शरद रेउले र कालीमाटी गाउँपालिका–२ का २९ वर्षीय नारायणप्रसाद कँडेल रहेका प्रहरीले जनाएको छ ।
रेउले शारदा नगरपालिकाकी २७ वर्षीय अशक्त महिला र कँडेल ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
आइतबार राति अशक्त महिलालाई बलात्कार गर्ने क्रममा महिला चिच्याएपछि छिमेकीले रेउलेलाई नियन्त्रणमा लिएका थिए । बालिका बलात्कारका आरोपी कँडेल घटनालगत्तै फरार थिए ।
दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । उनका अनुसार कँडेलले २०६५ चैतमा बालिकालाई बलात्कार गरेका थिए ।
Leave a Reply