Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • डा. गाेविन्द केसी डिस्चार्ज

    डा. गाेविन्द केसी डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । डा. गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    १९ औं पटककाे अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा. केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा. केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।



    भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।



    अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा. केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा. केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए ।

    लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार