Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेप्से १२ दशमलव ४७ अंकले बढ्याे

    नेप्से १२ दशमलव ४७ अंकले बढ्याे

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । मंगलबार सेयर काराेबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेर १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने सबै समूहहरु बढेर हरियाली देखिएका छन् । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ ।



    सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ । दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् ।



    जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार