Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महाेत्तरीमा पाँचसय बढी प्रहरी परिचालन

    महाेत्तरीमा पाँचसय बढी प्रहरी परिचालन

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडाैँ । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले ५०० बढी प्रहरी परिचालन गरेको छ ।

    जिल्लाको १५ वटै स्थानीय तहमा चाडबाडको बेला घट्नसक्ने सम्भावित घटना न्यूनीकरण तथा रोकथामका लागि विशेष सुरक्षा योजना लागू गर्दै ५०० बढी प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।



    उनले जिल्लाका विभिन्न धार्मिकस्थल, मुख्य बजार तथा आर्थिक कारोवार बढी हुने बैंक तथा वित्तीय संस्था र सहायता कक्षजस्ता भीडभाड बढी हुने ठाउँमा उच्च सुरक्षा सर्तकता अपनाएको उल्लेख गर्दै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गौशाला र इलाका प्रहरी कार्यालय बर्दिवासबाट तुरुन्त एक्सनमा आउने गरी ५७ वटा मोटरसाइकलमा दुई÷दुई जनाका दरले २४ घण्टे क्यूआरटी टोलीसमेत परिचालन गरिएको जानकारी दिए ।



    प्रहरी उपरीक्षक टीकाबहादुर केसीले यो विशेष सुरक्षा योजना महोत्तरीमा बडादशैँ, दीपावली र छठपर्वसम्म सञ्चालनमा रहनेछ भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार