Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तस्करद्वारा असईको हत्या : वेपत्ता प्रहरी जवान साउद पनि मृत फेला

    तस्करद्वारा असईको हत्या : वेपत्ता प्रहरी जवान साउद पनि मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 3.6K
    SHARES

    कैलाली । प्रहरीले नेपाल–भारत सीमामा तस्करीको लाइन भत्काउन खोज्दा अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई गोविन्द विकको  तस्कर समुहले हत्या गरेको निष्कर्ष निकालेको छ। असई गोविन्द विकको तस्कर समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ।

    विकसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको पनि आज बिहान शव फेला परेको छ।



    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले साउँदको शव नदीमा भेटिएको बताए।



    उनले प्रहरी सहायक निरिक्षक बिकको शव फेला परेको मोहना नदीमै साउँदको शव भेटिएको छ ।

    प्रहरी अनुसन्धान स्रोतका अनुसार पक्राउ परेका अभियुक्तहरुले प्रहरी जवान साउदको समेत हत्या गरी नदीमा फालेका बयान प्रहरी समक्ष दिएको स्रोत वताउंछ ।

    उनीहरुले सुरुमा जवानकै हत्या गरी नदीमा फालेको र पछि असइको हत्या गरेको स्वीकार गरेका छन् ।

    प्रहरीले सत्यतथ्य सबै विवरण बाहिर ल्याउने तयारी गरेको छ।

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीका अनुसार  तस्करहरूलाई उनको कामले तनाव भएको थियो ।

    डिआईजी सुबेदी भन्छन्, ‘असई विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेपछि उनी तस्करहरुको तारोमा परे।’ शनिबार बेलुकी मोटरसाइकलमा गस्तीका लागि निस्किएका उनको तस्कर समूहले घाँटी रेटेर हत्या गरेको थियो  ।

    नदी नजिकै सिमलको रुखनेर तस्कर र प्रहरीबीच भिडन्त भएको देखिन्छ।  तस्कर समुहले असई विकको धारिलो हतियारले घाटी र टाउँकोमा हिर्काएर हत्या गरेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार