Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • इरानमा आज अहिलेसम्मकै धेरै काेराेना संक्रमितकाे मृत्यु

    इरानमा आज अहिलेसम्मकै धेरै काेराेना संक्रमितकाे मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.4K
    SHARES

    फाइल तस्बिर

    तेहरान । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् ।

    इरानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार इरानमा कोरोनाका कारण एकैदिनमा ३३७ जनाको मृत्यु भएको छ । इरानमा यसअघि एकैदिनमा २७९ जनाको कोरोनाका कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयसँग रहेको थियो ।



    मन्त्रालयले पछिल्लो एकैदिनमा इरानमा चार हजार २५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको पनि जनाएको छ । योसँगै इरानमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या पाँच लाख ३५ हजार ६३० पुगेको छ ।



    मुस्लीम गणतन्त्रात्मक मुलुक इरानमा कोरोनाभाइरसको महामारीको शुरुवाती चरणमा पनि धेरै असर परेको थियो । प्रारम्भीक समयमा इरानलाई कोरोनाको केन्द्रविन्दु नै मानिएको थियो ।

    मध्यपूर्वी देशहरु मध्ये इरान कोरोनाबाट धेरै प्रभावित देशमा पर्दछ भने मध्यपूर्वमा हप्तामा तीस हजार जनासम्मको कोरोनाका कारण मृत्यु हुने गरेको थियो । सरकारले कडा लकडाउन लागु गरेपछि केही कमी आएको थियो । कोरोना महामारीका कारण इरानको मानवीय अवस्था, आर्थिक अवस्थालगायतमा ठूलो क्षति भएको छ ।

    केही समय अगाडि महामारीको प्रभाव कम देखिन थालेपछि सरकारले विद्यालय, विश्वविद्यालय, मस्जीद, पुस्तकालय, व्युटी पार्लर, सैलुनलगायतका सार्वजनिक स्थल र धेरै भीड हुने ठाउँ पनि खुल्ला गरिदिएको थियो । ती क्रियाकलापहरु सञ्चालन गर्दा मास्क अनिवार्य गरिएको थियो । तर यी सार्वजनिक स्थलहरु खुल्ला गरिएकै कारणले फेरि सङ्क्रमित र मृतकहरुको सङ्ख्यामा वृद्धि भएको विश्लेषण गरिएको छ ।

    कोरोना नियन्त्रणका लागि इरानमा सरकारले गरेका कतिपय निर्णयहरु बेला बेलामा विवादमा पर्ने गरेका छन् । कोरोनाभाइरसले देशका उच्च अधिकारीहरुलाई पनि सङ्क्रमित गरेको छ । एपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार