Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देशभर ३७ सय ९० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितकाे संख्या ४० हजार नाघ्याे

    देशभर ३७ सय ९० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितकाे संख्या ४० हजार नाघ्याे

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

    याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ३३५ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

    याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । याेसँगै देशभर कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७५७ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार