Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रस्तावित राजदूतहरुविरुद्ध गम्भीर प्रकृतिका चारवटा उजुरी

    प्रस्तावित राजदूतहरुविरुद्ध गम्भीर प्रकृतिका चारवटा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छ । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुविरुद्ध समितिमा चारवटा उजुरी परेको हाे।

    समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेको बताए ।



    सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेको उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए । समितिले असोज २१ गते १० दिनको म्याद दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो ।



    सभापति कर्णका अनुसार उजुरी परेकामध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाविरुद्ध ३ वटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध १ वटा रहेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार