Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नक्कली नोटसहित तीन जना पक्राउ

    नक्कली नोटसहित तीन जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 4.1K
    SHARES

    फाइल फोटो

    दाङ । नक्कली नोटसहित तीन जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ परेका ती तीन जना बाँकेको कोहलपुरदेखि दाङको अमिलियातर्फ आइरहेको गोप्य सूचनाको आधारमा नक्कली नोटसहित जिल्लाको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।



    लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट एक महिला र दुई पुरुष गरी तीन जनालाई पक्राउ गरिएकाे दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।
    अहिले उनीहरुलाई इलाका प्रहरी कार्यालय अमिलियामा राखिएको छ ।



    अनुसन्धान भइरहेकाले उनीहरुको नाम गोप्य राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार