Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्रीज्यू बरू संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिदैन भन्ने निर्णय गरे हुन्छ : थापा

    प्रधानमन्त्रीज्यू बरू संक्रमितको संख्या गन्नेबाहेक केही गर्न सकिदैन भन्ने निर्णय गरे हुन्छ : थापा

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले सरकारले कडा आलोचना गरेका छन् ।

    सरकारले कोरोना संक्रमितले आफ्नो उपचार आफै गर्नुपर्ने निर्णय गरेसँगै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका सांसद थापाले सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही नगरेको बताएका छन् ।



    थापाले सामाजिक सञ्जालमा एक ट्वीट गर्दै भनेका छन्–‘स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णय ‘कोरोना संक्रमितले आफ्नो उपचार आफैं गर्नू !’ यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस् ‘सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उपरान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’



    सरकारले हिजो संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार