Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • गण्डकी प्रदेशमा हालसम्म ५० काेराेना संक्रमितको मृत्यु

    गण्डकी प्रदेशमा हालसम्म ५० काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडाैँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ भने तीन हजार ४९९ जना निको भएका छन् ।

    गण्डकी प्रदेश स्स्वास्थ्य निर्देशनालयका आइतबारको विवरणमा थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।



    प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ७८६ पुगेको निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।



    प्रदेशमा हालसम्म कुल ८१ हजार ५१५ जनाको नमूना परीक्षण गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार