Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा जारी

    मोरङमा भोलिदेखि १५ गतेसम्म निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 4.6K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै दसैं लक्षित निषेधाज्ञा जारी गरेको छ।

    मोरङका जिल्ला प्रमुख कोशहरि निरौलाले एक सूचना जारी गर्दै कात्तिक ३ गतेबाट १५ गतेसम्मका लागि मठ मन्दिर तथा शक्तिपीठमा गरिने पूजाआजा, सामूहिक चियापान तथा शुभकामना आदानप्रदानका कार्यक्रम, सामूहिक शिलान्यास, उद्घाटन, सम्मेलन लगायतका कार्यमा रोक लगाएको जानकारी दिए ।



    चाडपर्वका क्रममा जिल्लाभरका मठ मन्दिर, पण्डाल, गुम्बा, चर्च, मस्जिदमा दैनिक रुपमा नित्य पूजा, प्रार्थना बाहेक सामूहिक रुपमा पूजा प्रार्थना, भजन किर्तन, रथ तथा कलश यात्रा, बली पूजा, मूर्ति विर्सजन जस्ता कार्य गर्न नपाउने गरी निषेधाज्ञा लगाइएको छ ।



    प्रशासनले उक्त आदेश उल्लंघन गर्ने वा आदेश पालना गर्ने गराउने कार्यमा अवरोध गर्नेलाई कारबाही गरिने चेतावनी समेत दिएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार