Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सुपर ओभरमा कोलकताको रोमान्चक जित

    सुपर ओभरमा कोलकताको रोमान्चक जित

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा सुपर ओभरमा हैदरावादमाथि कोलकताले जित हासिल गरेको छ । हैदरावाद र कोलकोता नाइटराइडर्सबीचको खेलको सुपर ओभरमा गएसँगै कोलकोताले जित हासिल गरेकाे हाे ।

    रोमान्चक सुपर ओभरमा हैदरावादले लुकी फर्गुसनको ३ बलमा दुवै विकेट गुमाउदै २ रनमात्र बनाएपछि कोलकताले जितका लागि ३ रनको लक्ष्य पाएको थियो । कोलकोताले सो लक्ष्य ४ बलमा नै पुरा गरेको थियो ।



    कोलकोताले दिएको १६४ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाउदै १६३ रन बनाउदै खेल बराबरी गरेपछि खेलको निर्णय सुपर ओभरबाट भएको थियो ।



    हैदरावादका लागि कप्तान डेविड वार्नरले अविजित ४७ रन बनाए भने जोनी बैरस्ट्रवले ३६, केन विलियम्सनले २९, अब्दुल समादले अविजित २३ रन बनाएका थिए ।

    कोलकोताका बलर लुकी फर्गुसनले यस सिजनमा पहिलो खेल खेल्दै ३ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्स, शिभम माभी र बरुण चक्रवर्तीले एक एक विकेट लिएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ५ विकेट गुमाउदै १६३ रन बनाएको थियो ।

    कोलकोताका लागि कप्तान इयोन मोर्गनले ३४ रन बनाए भने शुभमन गीलले ३६, नितिश राना र दिनेश कार्तिकले २९-२९ रन बनाएका थिए ।

    त्यस्तै हैदरावादका बलर टी नटराजनले २ विकेट लिए भने बसिल थम्पी, विजय शंकर र राशिद खानले एक एक विकेट लिए ।

    कोलकोताले यो जितसँगै ९ खेलमा आफ्नो पाँचौ जित हासिल गरेको छ । त्यस्तै हैदरावादको भने यो ९ खेलमा छैठौ हार हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार