Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओली-प्रचण्ड भेटवार्ता बिनानिष्कर्ष सकियाे, कर्णाली प्रदेशकाे विवाद अझै उल्झनमा

    ओली-प्रचण्ड भेटवार्ता बिनानिष्कर्ष सकियाे, कर्णाली प्रदेशकाे विवाद अझै उल्झनमा

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएकाे छलफल बिना निष्कर्ष टुंगिएकाे छ ।

    पछिल्ला केहिदिन नेकपा अध्यक्षद्वय ओली र दाहाल कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सल्ट्याउन लागि परेका छन् । आज पनि साेही बिषयमा छलफल भएकाे भएपनि टुंगाेमा पुग्न सकेकाे छैन ।



    प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए ।



    प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर छलफल गरेका थिए । र, त्यही अनुसार दुईजना अध्यक्ष आइतबार छलफलमा जुटेका थिए ।

    तर, छलफल जारी राख्ने निचोड निकाल्दै बैठक टुङ्गिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । बैठकमा कुनै निष्कर्ष नपुगेपछि छलफललाई निरन्तरता दिने सहमती भएकाे उनले बताए ।

    अघिल्लो आइतबार संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार