Online Nepal
  • बुधबार, १० पुष २०८१
  • तस्करीको लाइन भत्काउन खोज्दा असई गोविन्द विकको हत्या

    तस्करीको लाइन भत्काउन खोज्दा असई गोविन्द विकको हत्या

    डिआईजी उत्तमराज सुवेदी भन्छन् - हत्यारा जो सुकै भए पनि कानुनी कठघरामा आउंछ

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 5K
    SHARES

    काठमाडौं ।नेपाल–भारत सीमामा तस्करीको लाइन भत्काउन खोज्दा कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या भएको छ।

    नदीमा फ्याँकेको अवस्थामा उनको शव भेटिएपनि सँगै गस्तिमा गएका जवान रामबहादुर साउदको अझै पत्तो छैन  ।



    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीका अनुसार  तस्करहरूलाई उनको कामले तनाव भएको थियो ।



    डिआईजी सुबेदी भन्छन्, ‘असई विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गरेपछि उनी तस्करहरुको तारोमा परे।’ शनिबार बेलुकी मोटरसाइकलमा गस्तीका लागि निस्किएका उनको तस्कर समूहले घाँटी रेटेर हत्या गरेको छ ।

    नदी नजिकै सिमलको रुखनेर तस्कर र प्रहरीबीच भिडन्त भएको देखिन्छ।  असई विकको धारिलो हतियारले घाटी र टाउँकोमा हिर्काएर हत्या भएको छ ।

    घटनास्थल वरिपरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्रहरीकै आरआईटीको टिम खटिएको छ।

    उनीहरु राती ८ बजेतिर पोष्टबाट ५ किलोमिटर टाढा गस्तीमा गएका थिएत्रै। रातको करिव १० बजेको थियो, जुगेडा गाउँमा जन्मदिन मनाउने क्रममा युवाहरुका बीचमा विवाद भएको थियो। असईको टोली गस्तीमा र हवल्दारको छुट्टै अर्को टोली युवाहरुको विवाद समाधानका लागि पुगेको थियो।

    विवाद साम्य गर्न गएका हवल्दारले रातको करिब १० बजेतिर असई विकलाई आफ्नै अगाडीबाट फोन सम्पर्क गरेको जुगेडाका काँग्रेस नेता चन्द्रबहादुर विकले बताए।

    असई विकको डियूटी समय १२ बजेसम्म थियो। त्यतिबेलासम्म पनि नआएपछि अस्थायी प्रहरी पोष्टका जवानले आफ्ना ईन्चार्जलाई फोन गरे। तर फोन ‘स्वीचअफ’ आइरहेको थियो।

    घटनाबारे राती नै जिल्ला प्रहरी कार्यालय कैलालीमा जानकारी भइसकेको थियो। प्रहरीले भने विहान ५ बजे जुगेडाको मोहना नदी छेउछाउमा खोजतलास गर्दा असई विकको बर्दीसहितको शव नदीको बीचमा देखे।

    घटनास्थलबाट ५ सय मिटर टाढा इटा भट्टा नजिकै मोटरसाइकल राखेर उनीहरु हिडेर गएको देखिएको प्रहरीले जनाएको छ। घटना भएको थाहाँ पाएपछि आइतवार बिहानै सुदूरपश्चिमका डिआइजी  सुवेदीसहितको टोली त्यहाँ पुगेको थियो।

    प्रहरीको हत्या भएको भन्ने थाहाँ पाएपछि स्थानीय पनि ओइरिएका थिए। दसैंको मुखमा प्रहरीले सक्रियता बढाएको र शनिवार राति दुईजना गस्तीमा निस्कदा  यो अबस्था आएको हो ।

    बेपत्ता जवानको प्रहरी र स्थानीयबासिन्दाले खोजी कार्य जारी राखेका छन्। असई बिकको हत्या प्रकरणमा सोधपुछका लागि ११ जना पक्राउ गरिएको डिआइजी सुवेदीवताउँछन्। उनले हत्यारा जो सुकै भए पनि कानुनी कठघरामा ल्याउने वताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार