Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पूर्वमन्त्री डा. यादवको निधन

    पूर्वमन्त्री डा. यादवको निधन

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पूर्वमन्त्री डा. डम्बरनारायण यादवको निधन भएको छ ।

    महादेवा गाउँपालिका–३ बथनाहा निवासी ८६ वर्षका डा. यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जानकारी दियाे ।



    चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि उनलाइ अस्पताल लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा. यादवको मस्तिष्काघातका कारण निधन भएको अस्पतालले जनाएको छ ।



    यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए ।

    प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा. यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए । यादवका एक छोरा र एक छोरी छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार