Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेरो दसैँभत्ता फिर्ता लिनुस् : भीम रावल

काठमाडौं । नेकपा नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दसैंँ भत्ता फिर्ता लिन आग्रह गरेका छन्। संसद सचिवालयका महासचिवलाई पत्र लेखी रावलले आफ्नो दसैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न आग्रह गरेका हुन् ।

‘यदि मेरो खातामा जम्मा भइसकेको रकम हाल त्यस सचिवालयले फिर्ता लिन कठिनाई हुने भएमाभत्ता बराबरको म बाट चेक लिएर वा मेरो आगामी महिनाको पारिश्रमिकबाट सो रकम कट्टी हुने गरी जुन त्यस सचिवालयलई सहज हुन्छ सोही अनुरुप गर्नुहोला’ रावलले पत्रमा लेखेका छन् ।

नेता रावलले देश विषम परिस्थिति तथा आर्थिक कठिनाईमा रहेका बेला सांसदहरुका लागि दसैँभत्ता बापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077