Online Nepal
  • बुधबार, १० पुष २०८१
  • धनगढीमा भेटिएको शव असईको भएको पुष्टि, जवानको अवस्था अझै अज्ञात

    धनगढीमा भेटिएको शव असईको भएको पुष्टि, जवानको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.7K
    SHARES

    धनगढी । धनगढीको मोहना नदी किनारमा भेटिएको शव प्रहरीको भएको खुलेको छ । मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरिक्षक गोविन्द बिकको भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले पुष्ट गरे।

    उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।



    धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को जुगेडा स्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक (असई) बिकको घाँटीमा चोट रहेको उनले बताए ।



    बिक शनिबार साँझ ८ बजे डिउटीमा खटिएका बेला वेपत्ता भएका थिए । उनको हत्या आशंका गरिएको छ । यस्तै उनीसँगै डिउटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेका प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार