Online Nepal
  • बुधबार, १० पुष २०८१
  • धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

    धनगढीमा डिउटीबाटै २ प्रहरी वेपत्ता, मोहनामा भेटिएको शवको पहिचान हुन बाँकी

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी वेपत्ता भएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँद शनिबार साँझदेखि वेपत्ता भएका हुन् ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले उनीहरु दुवै जना डिउटीमा खटिएका बेला वेपत्ता भएको जानकारी दिए ।



    यसैबीच नेपाल भारत सीमा नजिकै मोहना नदीमा एक जनाको शव फेला परेको छ । नदीमा घोप्टो अवस्थामा रहेको शवको पहिचान भने नभएको प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।



    उक्त शव वेपत्ता प्रहरीकै हुनसक्ने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदी पनि घटनास्थल पुगेका छन् ।

    मोटरसाइकलमा गएका उनीहरुमध्ये एकजनाको शव मोहना नदीमा फेला परेको सुदूरपश्चिम प्रदेशका डीआईजी सुवेदीले जानकारी दिए । शव प्रहरीकै भए पनि दुईमध्ये कसको हो भन्‍ने खुलेको छैन । सम्पर्कविहीन अर्का प्रहरीको खोजी जारी छ । प्रहरी अधिकारीले तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने आशंका गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार