Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • निषेधाज्ञा खुलेको ३ महिनामा पनि सुध्रिएन उद्योगको उत्पादन

    निषेधाज्ञा खुलेको ३ महिनामा पनि सुध्रिएन उद्योगको उत्पादन

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 1.8K
    SHARES

    विराटनगर । कोरोना महामारीका कारण बन्दाबन्दी भएको ४ महीनापछि खुलेका उद्योगहरूको उत्पादनमा पछिल्लो ३ महीना पनि खासै सुधार हुन सकेको छैन ।

    सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नबाहेकका उद्योगको उत्पादन क्षमताको ५० प्रतिशतमा सीमित रहेको छ । कामदारमा कोरोना संक्रमणको बढ्दो दर र बजारमा वस्तुको खपत घटेकाले उत्पादनमा कमी आएको उद्योगीहरू बताउँछन् । जाडो शुुरू हुन लाग्दा कोरोनाको दरसमेत बढिरहेकाले अबको २ महीनासम्म कोरोना संक्रमण बढ्ने र त्यसको सामना गरेपछि मात्र उद्योगको अवस्था के हुुने भन्ने आकलन गर्न सकिने उद्योगीहरू बताउँछन् ।



    नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले सुनसरी मोरङ औद्योगिक कोरिडोरका खाद्यान्नबाहेकका उद्योगहरूको उत्पादन ५० प्रतिशतमा सीमित रहेको बताए । बन्दाबन्दी खुुकुलो भएको ३ महीनापछि पनि बजारमा माग नबढेकाले उद्योगहरूको उत्पादन बढ्न नसकेको उनको भनाइ छ ।



    अत्यावश्यकीय वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन शतप्रतिशत भए पनि बजारमा माग नभएकाले अन्य उद्योगको उत्पादन ५० प्रतिशतमा सीमित हुन पुुगेको राउतले बताए ।

    उनले भने, ‘बजारमा माग भयो भने आपूर्ति गर्ने हो, तर माग छैन उत्पादन गरेर गोदाममा थन्क्याउन किन उत्पादन गर्ने रु’ पछिल्लो समय निर्माणसँग सम्बद्ध उद्योगहरूको उत्पादन व्यापक कटौती भएको छ । सिमेन्ट, रड, इँटालगायत उद्योगको उत्पादन घटेको छ । त्यस्तै कपडा, धागो, जुट उद्योगको उत्पादनमा समेत कटौती भएको छ । तीन सिफ्ट चल्दै आएका उद्योगहरू अहिले दुुई र एक सिफ्टमा सीमित भएका छन् ।

    बहुुराष्ट्रिय कम्पनी आरती स्ट्रिपले पछिल्लो समय मेची नाकाबाट भुटान, पश्चिमबंगाल र असाम राज्यमा पठाउँदै आएको फलामका वस्तुहरू पठाउन छाडेको छ । बन्दाबन्दीअघि मेची भन्सार हुँदै बाहिरिने ती वस्तुको निकासी बन्द प्रायः भएको मेची भन्सार स्रोतले बतायो । आरती स्ट्रिपका भाइस प्रेसिडेन्ट विशाल गुुप्ताले मजदूरमा देखिएको कोरोना संक्रमणपछि उद्योग २ साता बन्द गर्नुपरेको र यसले उत्पादनमा समेत गिरावट आएको बताए । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बन्दाबन्दी खुले पनि उद्योगहरूको अवस्थामा तुलनात्मक रूपमा सुधार आउन नसकेको बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार