Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना महामारीका कारण हिल्साका होटेलहरु बन्द

    कोरोना महामारीका कारण हिल्साका होटेलहरु बन्द

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.4K
    SHARES

    हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको हिल्सामा रहेका होटेलहरु यो वर्ष सुनसान छन् ।

    मानसरोवर कैलाशको प्रवेशद्वारका रुपमा परिचित हिल्सामा पर्यटकलाई लक्ष्य गरी सञ्चालनमा आएका कोभिड १९ को असरका कारण होटेलहरु सुनसान छन् । मानसरोवर कैलाशको धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरु अहिले देखिँदैनन् ।



    यो वर्ष विगतका वर्षहरु जस्तै पर्यटक नआउँदा सिजन भरी होटेलहरु सुनसान हुनाका साथै कुनै कारोबार नभएको होटेल स्नो ल्याण्डका म्यानेजर डुब्सान लामाले बताए ।



    हिल्सामा पर्यटकीय होटेलहरु आधा दर्जन भन्दा बढी छन् । यहाँ मानसरोवर, हुम्ला रिसोर्ट, वाग्लुङ, नन्दी, मुकुम, नौमुले र कंग्री आदि छन् ।

    सिजनको अन्त्य हुने बेलासम्म कोरोना कहरले मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने हिल्सा नाका बन्द भएपछि हिल्सामा सुनसान छाएको हो । पर्यटक आगमन नहुँदा हिल्साका होटेल व्यवसायी आर्थिक सङ्कटमा परेका छन् ।

    आन्तरिक पर्यटकहरु लिमी घुम्ने र हिल्सा घुम्न आएका केही पर्यटकहरु होटेलमा वास बस्न आएपनि कोठा भाडा नलिएको लामाले बताए । केही होटेलमा कुरुवा छन् । धेरै होटमा कुरुवा पनि छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार