Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • यो कस्तो नौटंकी ? मेयर उद्घाटन गर्ने, उपमेयर ढुंगा हान्ने

    यो कस्तो नौटंकी ? मेयर उद्घाटन गर्ने, उपमेयर ढुंगा हान्ने

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 2.8K
    SHARES

    धनगढी । झण्डै दुई दशकपछि ७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा आम जनतामा हर्सोल्लास नै छाएको थियो । स्थानीय सरकार बन्ने भएपछि जनताले आ–आफ्नो क्षेत्रबाट जनप्रतिनिधिहरुलाई जिताएर पठाए ।

    दुःख सुखमा साथ पाइएला भन्ने आशाले जिताएका जनता यतिबेला निराश बन्न थालेका छन् । गाउँ गाउँमा सिंहदरबा पुग्छ भन्ने आश गरेका जनता कहिले प्रदेशको राजधानी त कहिले जनप्रतिनिधिहरुको हर्कतले दिक्क छन् ।



    आज पनि कैलालीको घोडाघोडी नगरपालिकामा यस्तो अचम्मको घटना देखियो । घोडाघोडी नगरपालिकाका वडा नम्बर ७, ५ र १२ ले बनाएको भवन उद्घाटनका क्रममा मेयर मेयर ममताप्रसाद चौधरी र उपमेयर प्रेमकुमारी थापाको विवाद छताछुल्ल भयो ।



    मेयर चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरिरहँदा उपमयेर थापा भने शिलालेखमा ढुंगा हान्न पुगिन् । यो तस्विरले मेयर र उपमेयरबीचको सम्बन्धलाई प्रष्ट पारेको छ ।

    शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखेर आफ्नो नाम छुटाएको भन्दै उपमेयरले शिलालेखमा ढुंगा हानेकी हुन् । त्यतिमात्र होइन उनले मेयरविरुद्ध नाराबाजी गरिन् ।

    शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने उनले बताइन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार