Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भनेः ‘तत्काल काठमाडौं नछोड्नु’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेर छिट्टै निर्णयमा पुग्ने बताएका छन्।

शनिबार दिउँसो सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिंदै ओलीले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताए ।

छलफलमा ओलीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाह, प्रदेश सभा सदस्य चन्द्रबहादुर शाही, नेकपा प्रदेश सचिव माया प्रसाद शर्मा लगायतका नेताहरुको ब्रिफ्रिङ लिएका थिए।

छलफलमा प्रधानमन्त्री ओली कर्णालीका मुख्यमन्त्रीसहितका नेताहरुलाई तत्काल काठमाडौं नछाडन् समेत आग्रह गरेको बताइएको छ ।

मुख्यमन्त्री शाही विरुद्ध गत आइतवार प्रदेश सहइन्चार्ज कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। जसमा १८ सांसदले हस्ताक्षर गरेका थिए। उत्कर्षमा पुगेको विवाद समाधानका लागि मुख्यमन्त्री शाही र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई एक सचेतक सहित तीन मन्त्री दिनेगरी सहमति भएको थियो। उक्त सहमतिसँगै नेपाल पक्षका ७ जना सांसद प्रस्तावबाट व्याक भएका थिए।

यसअघि प्रचण्डले दुई पक्षसँग बिहीवार र शुक्रवार छुट्टाछ्टै छलफल गरेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डलाई शनिवार बालुवाटार डाके पनि उनी अनुपस्थित भए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077