Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • साथीको हत्या गरी फरार भएका मामा भाञ्जा ११ वर्षपछि सिआईवीको फन्दामा

    साथीको हत्या गरी फरार भएका मामा भाञ्जा ११ वर्षपछि सिआईवीको फन्दामा

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले आफ्नै साथीको हत्या गरी भारतको दिल्लीमा लुकेर बसेका दुई जनाला ई पक्राउ गरेको छ । उनीहरु मिति २०६६ साल बैशाख २८ गते राती झरुवारासी गाविस (हाल गोदावरी नगरपालिका–१३) स्थित आरएम इटा भट्टामा काम गर्ने डिलबहादुर योञ्जनलाई कोदालीको विडले हानी घाइते बनाएर फरार भएका थिए ।

    योञ्जनलाई मरणासन्न हुने गरी कुटपिट गरेर फरार भएका भिमसेन घागा मगर र रामकृष्ण चुनी मगरलाई ब्यरोबाट खटिएको विशेष टोलीले असोज ३० गते नेपाल–भारत सीमा नजिक नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाबाट पक्राउ गरिएको सिआईबी प्रमुख डिआईजी सहकुलबहादुर थापाले बताए ।



    घाइते भएका कोगटे गाविस–५ (हाल भिमफेदी नगरपालिका–८) मकवानपुरका ३६ वर्षीय योञ्जनको २०६६ साल बैशाख ३१ गते उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।



    पक्राउ परेका भिमसेन र रामकृष्ण योञ्जनकै गाउँ भिमफेदी नगरपालिका–८ मकवानपुरका स्थानीयबासी हुन् । सामान्य विषयमा भनाभन हुँदा योञ्जनलाई मरणासन्न हुने गरी कुटपिट गरेका उनीहरु ललितपुरबाट पैदल हेटौडा पुगेको र त्यहाँबाट ट्रक चढेर रक्सौल हुँदै नयादिल्ली पुगेको समेत खुलेको डिआईजी थापाले जानकारी गराए ।

    भागेर दिल्ली पुगेका उनीहरुले आफ्नो परिचय समेत लुकाई भारतीय आधार कार्ड समेत बनाउन भ्याइसकेका थिए । नाताले मामा भाञ्जा पर्ने रामकृष्ण र भिमसेनले आफ्नो परिवारलाई समेत उतै लगेका थिए ।

    मामा रामकृष्णले प्लाष्टिक कारखानामा काम गर्ने गरेको र भिमसेनले आटो रिक्सा चलाउँदै आएको पनि खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार