वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद::Best Online News Portal of Nepal

वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

अनलाइन नेपाल
  • शनिबार, कार्तिक १ २०७७

  • 2.6K
    SHARES

  • वीरगन्जबाट साढे २२ किलो अवैध सुन बरामद

    काठमाडौं । पर्सामा करिब साढे २२ किलो सुन प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले उक्त सुन बरामद गरेको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित गणेश अपार्टमेन्टबाट प्रहरीले सो सुन बरामद गरेको हो ।

    विशेष सूचनामा आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारिएकाे प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरज प्रताप सिंहले बताए । उनका अनुसार सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएका थिए ।

    प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन । सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङसम्म अपार्टमेन्टमा अवैध सुन लुकाएर राखिएको सूचना पुगेको थियो । सो सूचनापछि प्रहरी अपार्टमेन्टमा छापा मार्न पुगेको थियो।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार